काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने भन्दै गरेको प्रदर्शन सकिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरू पक्राउ परेपछि आन्दोलन कमजोर बन्दै गएको हो। नेताहरूले सिंहदरबार परिसरमै प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। त्यसपछि कार्यकर्ताहरूले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखे पनि प्रदर्शन फितलो देखिएको थियो।…