बुटवल । नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले देशैभरी डिलर बिस्तार गर्ने रणनीतिक योजनाअन्तर्गत बुटवलको लागि सोमार्जुन मोटर्सलाई आधिकारिक डिलर नियुक्त गरेको छ । बुटवल र आसपासका क्षेत्रहरुका लागि जिली इएक्स फाइभका ईभीहरु स्थानीयस्तरमै उपलब्ध गराउने लक्ष्य सहित सोमार्जुन मोटर्सद्वारा नवनिर्मित शोरूमको औपचारिक उद्घाटन समेत गरिएको छ । एलआरआर मोटर्सले यो वर्षभित्र देशभरी…