२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

गणतन्त्र जोगाउन आन्दोलन अपरिहार्य : अध्यक्ष दाहाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि गम्भीर खतरा देखिएको बताउँदै मजदुर वर्गलाई ठूलो आन्दोलनको तयारी गर्न आह्वान गरेका छन्।

१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र उल्टाउने षड्यन्त्र सक्रिय रूपमा चलिरहेको दाबी गरे। “अब फेरि तागत आवश्यक छ। हामी कमजोरी सच्याउन तयार छौं, तर तयारीसहित आन्दोलनमा जानुपर्ने बेला आइसकेको छ,” पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले स्पष्ट पारे।

उनले सरकारमा जानुभन्दा देशको संरचना र भविष्य बचाउने क्रान्तिमा ध्यान केन्द्रित गरिएको उल्लेख गरे। “हामीलाई कुर्सी होइन, राष्ट्रको मुक्ति र मजदुर वर्गको अधिकार चाहिएको हो,” दाहालले भने। कार्यक्रममा उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली समाजवाद निर्माण आजको आवश्यकता भएको बताउँदै श्रमजीवी वर्गको पहिचान समाजवादमै निहित रहेको बताए।

अमेरिकाको शिकागोमा श्रमिकहरूले गरेको ऐतिहासिक आन्दोलनको स्मरण गर्दै दाहालले विश्वभरका श्रमिकहरूप्रति ऐक्यबद्धता जनाए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नेपालका लागि आवश्यक रहेको धारणा पनि दोहोर्‍याए।

कार्यक्रमको अन्त्यमा दाहालले सबै क्रान्तिकारी शक्तिहरू, मजदुर वर्ग र जनतालाई एकजुट भई गणतन्त्र र अधिकारको रक्षाका लागि तयारी अवस्थामा रहन आग्रह गरे।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ३ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई