काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रभावका कारण नेपालमा मौसम आंशिकदेखि सामान्य बदली अवस्थामा रहेको छ। कोशी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा हालै हल्का वर्षा भइरहेको छ, कतिपय स्थानमा चट्याङ्सहित वर्षा समेत भएको महाशाखाले जानकारी दिएको छ। आज दिउँसो…