४ असार २०८३, बिहिबार । June 18, 2026

शिक्षक आन्दोलन रोकियो, कर्मचारी असन्तुष्ट


१८ बैशाख २०८२, बिहिबार  

189
Shares

काठमाडौं । सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद्ले कडा विरोध जनाएको छ।

बुधबार राजधानीमा आयोजित जानकारीमूलक कार्यक्रममा कर्मचारीहरुले आफूहरूको माग बेवास्ता भएको भन्दै तीव्र नाराबाजी गरे। कार्यक्रममा बोल्दै परिषद्की सहअध्यक्ष नानुमाया पराजुलीले विद्यालय कर्मचारीको सरोकार समेट्न सरकारले चासो नदेखाएको आरोप लगाइन्। “सरकारसँगको सहमति आन्दोलनको परिणाम हो, तर कर्मचारीहरूको मागलाई उपेक्षा गरिएको छ,” उनले भनिन्।

उनका अनुसार विद्यालय शिक्षा ऐन जारी गर्ने, समग्र शिक्षक र कर्मचारीका अधिकार सुनिश्चित गर्ने लगायतका मागहरू सम्बोधन नहुँदासम्म आन्दोलन जारी रहनेछ। पराजुलीले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट सहमतिका बुँदाहरू चाँडै पारित गराउन दबाब दिने चेतावनीसमेत दिइन्।

गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन बुधबार ९ बुँदे सहमतिपछि स्थगित गरिएको भए पनि, विद्यालय कर्मचारी भने अझैपनि असन्तुष्ट छन्। उनीहरूले आफूहरूलाई आन्दोलनबाट अलग गरिएजस्तो अनुभूति भएको बताएका छन्। यद्यपि महासंघले समग्र शिक्षक समुदायको उर्जाबाट सहमति सम्भव भएको दाबी गरे पनि, विद्यालय कर्मचारीहरूका माग अलग्गै सुनिनु पर्ने माग गर्दै संघर्षको नयाँ चरण सुरु गर्ने चेतावनी दिइरहेका छन्।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा