९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

काठमाडौंमा बिहानैदेखि लगातार बर्षा, हवाई उडान प्रभावित



काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ।

बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको असरले देशभरको मौसम प्रभावित भएको मौसमविद्हरुरुले बताएका छन् । हाल काठमाडौंमा हल्का वर्षा भइरहेको भए पनि आकाश पूरै धुम्म छ। यसले गर्दा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूमा असर परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरूमा ढिलाइ भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दुई दिनसम्म देशका धेरैजसो भागमा बदली र वर्षाको सम्भावना छ। बागमती, कोशी, र मधेस प्रदेशका विभिन्न जिल्लामा बिहानैदेखि पानी परिरहेको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले सतर्क रहन अनुरोध गरिएको छ।

सामान्य बदली जस्तो देखिए पनि मौसमले यात्रुहरूलाई सास्ती दिएको छ। आगामी केही दिन यात्रा योजना बनाउँदा मौसमको पूर्वानुमानअनुसार सावधानी अपनाउन सुझाव दिइएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी