तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले अनौठो निर्णय सार्वजनिक गरेको छ। नगरपालिकाले बाँदर धपाउने विशेष अभियान सञ्चालन गर्न जेठ १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो। नगरपालिकाले जारी गरेको सूचनाअनुसार जेठ १ र २ गते नगरक्षेत्रभर सामूहिक रूपमा बाँदर धपाउने कार्यक्रम सञ्चालन गरिनेछ। अभियानमा किसान, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दालाई…