काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) का विभिन्न समूहबीच लामो समयदेखि जारी संस्थागत विवादबीच सुजन लामा नेतृत्वको समितिले त्यहाँको सरकारी निकायबाट आधिकारिक मान्यता प्राप्त गरेको छ। संस्थाका सचिव सुरज भण्डारीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सन् २०२५ अक्टोबरमा सुजन लामाको नेतृत्वमा रहेको एनआरएनए एनसिसी पोर्चुगलले पोर्चुगलको न्याय मन्त्रालयअन्तर्गतको दर्ता तथा…