काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच ऐतिहासिक ९ बुँदे सहमति भएको छ।
शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघका प्रतिनिधिहरूबीच भएको सहमतिको आधारमा शिक्षकहरूको भलाइ र अधिकारमा सकारात्मक परिवर्तन आउनेछ।
यस्तो छ ९ बुँदे सहमति:
१) स्वास्थ्य उपचारका लागि सहुलियत: काठमाडौँ स्थित निजामती अस्पतालमा सबै शिक्षक र विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था।
२) अस्थायी शिक्षकहरूको सुविधाः अस्थायी प्रकृतिका शिक्षकहरूले बिरामी बिदा र सो बापतको रकम अवकाशमा एकसाथ प्राप्त गर्ने।
३) प्रारम्भिक बाल विकास र विद्यालय कर्मचारीहरूको पारिश्रमिक: नेपाल सरकारबाट तोकेअनुसार व्यवस्था गरिने।
४) शिक्षकहरूको ग्रेड निर्धारण: आगामी आर्थिक वर्षबाट स्थायी शिक्षकहरूको ग्रेड र रकम निजामती सरह कायम गर्ने।
५) दुर्गम भत्ता: स्थायी तथा अस्थायी शिक्षकहरूलाई प्रचलित कानुन अनुसार दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था।
६) सामुदायिक विद्यालयका शिक्षकको सामाजिक सुरक्षा: निजी स्रोतका शिक्षक र कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने।
७) मर्यादाक्रममा समावेशीकरण: शिक्षकहरूको समावेशीकरण नेपाल सरकारको मर्यादाक्रम सूचीमा गरिने।
८) आन्दोलनका घाइतेहरूको उपचार: नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको निःशुल्क उपचारको व्यवस्था।
९) तलब र ग्रेड वृद्धि: निम्न माध्यमिक तहका शिक्षकको तलब र ग्रेडलाई मध्य विद्यालय सरह कायम गरिने।
प्रतिक्रिया