१७ श्रावण २०८३, आइतबार । August 3, 2026

सुनचाँदीको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?


१८ बैशाख २०८२, बिहिबार  

762
Shares

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो। महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँमा झरेको छ। बुधबार यो दर तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ।

बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ रहेको चाँदी बिहीबार घटेर १ हजार ९१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। यो गिरावटले सुनचाँदी खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिए पनि बजारमा यसको दीर्घकालीन प्रभाव कस्तो पर्छ भन्ने विषयमा व्यवसायीहरू सचेत रहनुपर्ने देखिन्छ।

यस्तो गिरावटको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र मागमा आएको कमी हुन सक्ने अनुमान गरिन्छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर