२३ आश्विन २०८३, शुक्रबार । October 9, 2026

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा


१८ बैशाख २०८२, बिहिबार  

12
Shares

काठमाडौं । श्रमिक वर्गको अधिकार र योगदानको सम्मानस्वरूप आज मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस, अर्थात् ‘मे दिवस’ नेपालसहित विश्वभर मनाइँदैछ।

नेपाल सरकारले यस अवसरमा आज सार्वजनिक बिदा दिएको छ। यो दिवसको सुरुवात सन् १८८६ मा अमेरिकाको सिकागोमा भएको ऐतिहासिक मजदुर आन्दोलनबाट भएको मानिन्छ। “आठ घन्टा काम, आठ घन्टा आराम, आठ घन्टा मनोरञ्जन” भन्ने नारासहित सुरु भएको आन्दोलनको क्रममा सिकागोको हेय मार्केटमा भएको बम विस्फोटपछि प्रहरीले आन्दोलनमा सहभागी मजदुरमाथि गोली चलाउँदा सात जना मजदुरले ज्यान गुमाए।

त्यो आन्दोलनले श्रमिक अधिकारका विषयमा विश्वभर चेतना फैलायो र अन्ततः श्रमिक अधिकार स्थापनाका लागि महत्वपूर्ण मोड ल्यायो। सन् १८८९ मा पेरिसमा सम्पन्न श्रमिकहरूको अन्तर्राष्ट्रिय भेलाले प्रत्येक वर्ष मे १ मा श्रमिक दिवस मनाउने निर्णय गरेपछि, सन् १८९० देखि यो दिवस मनाउन थालिएको हो। आजको दिन विश्वभरका मजदुरले विभिन्न ¥याली, जुलुस, भेला तथा सभामार्फत आफ्नो हकअधिकारको सुनिश्चितता र सम्मानको माग गर्दै दिवस मनाउँछन्।

नेपालमा पनि विभिन्न मजदुर संगठनहरूद्वारा विविध कार्यक्रम गरी दिवस मनाउने तयारी गरिएको छ। नेपालमा मे दिवसको शुरुवात वि।सं। २००७ मा विराटनगरको मजदुर आन्दोलनसँगै भएको मानिन्छ।

त्यसयता निरन्तर मनाइँदै आएको यो दिवस २०४६ सालको राजनीतिक परिवर्तनपछि सार्वजनिक बिदा दिइने दिनको रूपमा स्थापित भएको हो।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि