१ आश्विन २०८३, बिहिबार । September 18, 2026

विद्यालय कर्मचारी परिषद्को चेतावनी: सहमति छैन, आन्दोलन अझ कडा बन्छ !


१८ बैशाख २०८२, बिहिबार  

78
Shares

काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै साँझ ७ बजे नयाँ आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएको छ।

नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले सरकारसँगको पछिल्लो सहमति प्रति असन्तुष्टि जनाउँदै आन्दोलनका नयाँ चरणको तयारी थालेको हो। परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार सरकार र महासंघबीच भएको सम्झौता परिषद्लाई स्वीकार्य छैन। ‘सरकारसँग भएको सहमति हाम्रो अपेक्षा विपरित छ,’ तिवारीले भने, ‘त्यसैले हामी आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्दैछौं।’

सरकारसँगको सहमतिप्रति असहमति जनाउँदै परिषद्ले विरोध प्रदर्शन गरेको थियो। विरोध चर्किएपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीको सहयोगमा कार्यक्रम स्थलबाट बाहिरिएका थिए। त्यसपछिको आकस्मिक बैठकले आन्दोलनलाई पुनः तीव्र बनाउने निर्णय गरेको परिषद्ले जनाएको छ।

विद्यालय शिक्षक कर्मचारी परिषद् आन्दोलनका आगामी रणनीतिहरू सार्वजनिक गर्न अब केही घण्टामात्र बाँकी रहेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ