काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन गर्दै नयाँ स्वादको खोजीमा छन् फेयरफिल्ड बाइ म्यारियट काठमाडौं ठमेलका हेड शेफ भोल बहादुर विश्वकर्मा। शेफ विश्वकर्माका अनुसार खानपान केवल भोजन नभई संस्कृति, इतिहास, भूगोल र मानिसको पहिचानसँग जोडिएको विषय हो। यही दृष्टिकोणबाट उनले नेपाली खानाको मौलिकता कायम राख्दै जापानी प्रविधि, प्रस्तुतीकरण र ‘उमामी’ स्वादलाई…