२९ भदौ २०८३, सोमबार । September 14, 2026

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको ‘इम्प्याक्ट वीक २०२६’ सम्पन्न भएको छ। चार दिनसम्म बबरमहलस्थित कलेज परिसरमा चलेको कार्यक्रममा सहभागीहरूले सामाजिक तथा नागरिक चुनौती पहिचानदेखि त्यसका व्यवहारिक समाधान विकास, प्रोटोटाइप निर्माण र परीक्षणसम्मको प्रक्रिया अभ्यास गरेका थिए। अगस्ट ३१ देखि सेप्टेम्बर ३ सम्म सञ्चालन भएको कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका १०८…