९ श्रावण २०८३, शनिबार । July 25, 2026

रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु, पुल्चोकबाट गाबहाल पुर्‍याइँदै


१८ बैशाख २०८२, बिहिबार  

45
Shares

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट औपचारिक रूपमा सुरु भएको छ।

पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्व बोकेको यो रथयात्रा आज पाटनको पुल्चोकबाट सुरु भई गाबहालसम्म पुर्‍याइँदैछ। १६८२ वर्ष पुरानो मानिने यो परम्परा अक्षय तृतीयको भोलिपल्टदेखि सुरु हुने चलन अनुसार आज प्रारम्भ भएको हो। रथलाई गाबहालसम्म तानेपछि परम्पराअनुसार शनिबार मंगलबजारसम्म तानिनेछ।

रथ तानिने प्रत्येक स्थानमा सांस्कृतिक उत्सव र जात्रा मनाउने परम्परा छ। मंगलबजारपछि रथलाई सुन्धारा हुँदै विभिन्न क्षेत्र घुमाउँदै अन्ततः लगनखेल पुर्‍याइन्छ। लगनखेल पुर्‍याएको चौथो दिन ‘नरिवल खसाल्ने जात्रा’ भव्य रूपमा मनाइन्छ, जसलाई ऐतिहासिक महत्त्वको जात्रा मानिन्छ। नरिवल जात्रा सम्पन्न भएपछि महिलामात्र सहभागी हुने ‘एकल महिला जात्रा’ हुने गर्छ, जसअन्तर्गत रथलाई महिलाहरूले तानेर इतिस्टोलको चारदोबाटोमा पुर्‍याइन्छ।

यहाँ चार दिनसम्म मच्छिन्द्रनाथलाई राख्ने परम्परा छ। सो क्रममा पाटन दरबार स्क्वायरको फल्चामा बसेर ज्योतिषीहरूद्वारा शुभ साइत हेरिन्छ। साइत मिलेसँगै रथलाई इतिस्टोलबाट तानेर अन्तिम गन्तव्य जावलाखेल पुर्‍याइन्छ। रथ जावलाखेल पुर्‍याएको चौथो दिन, राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तित्वको उपस्थितिमा ‘भोटो देखाउने’ ऐतिहासिक कार्यक्रम सम्पन्न गरिन्छ, जसले यो जात्रालाई अझ विशेष बनाउँछ।

पाटनवासी र भक्तजनहरूका लागि मच्छिन्द्रनाथको जात्रा न केवल धार्मिक आस्था, तर समुदाय एकता र सांस्कृतिक धरोहरको गौरव पनि हो।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १० : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर