१८ श्रावण २०८३, सोमबार । August 3, 2026

१६ दिनदेखि सामुदायिक विद्यालय ठप्प, निजी विद्यालयमा भर्ना तीव्र

काठमाडौँ । देशभरका सामुदायिक विद्यालयहरूमा विगत १६ दिनदेखि पठनपाठन ठप्प छ। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सुरु भएको आन्दोलन थप आक्रोशित बन्दै गइरहेको छ, जसको प्रत्यक्ष असर नयाँ शैक्षिक सत्रको शुरुवातमै देखिएको छ। महासङ्घले देशभरका शिक्षक तथा कर्मचारीहरूलाई आन्दोलनमा सक्रिय रूपमा सहभागी गराउन काठमाडौंमा उपस्थित हुन आह्वान गरेको छ। आन्दोलनलाई प्रभावकारी बनाउन महासङ्घले विद्यालय सञ्चालन गर्न…