१ कार्तिक २०८३, आइतबार । October 19, 2026

शिक्षक समुदायलाई परीक्षा बोर्डको अपिल-कक्षा १० परीक्षण र कक्षा १२ व्यवस्थापनमा सहयोग गरौं


४ बैशाख २०८२, बिहिबार  

15
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न कक्षा १० को उत्तरपुस्तिका परीक्षण र आगामी कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न शिक्षक समुदायलाई सक्रिय साथ दिन आग्रह गरेको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले हस्ताक्षर गरेको सूचनामा शिक्षकमाथिको पेसागत जिम्मेवारीलाई स्मरण गराउँदै बोर्डले परीक्षा प्रक्रियामा कुनै अवरोध नआओस् भन्ने अपेक्षा राखेको उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, “विद्यार्थीको गुणस्तरीय शिक्षा, अवसर र भविष्यको मूल्याङ्कन यिनै परीक्षाबाट हुने भएकाले उत्तरपुस्तिका परीक्षण र परीक्षा व्यवस्थापन शिक्षकहरूको पेसागत जिम्मेवारीको अभिन्न हिस्सा हो।”

हाल शिक्षकहरू शिक्षा विधेयक पारितको माग गर्दै आन्दोलनरत छन्। तर बोर्डले परीक्षालाई विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील विषयका रूपमा लिँदै यसमा बाधा नपुर्‍याई साथ दिन अनुरोध गरेको हो ।

बोर्डले कक्षा १० का विद्यार्थीहरू नतिजाको पर्खाइमा रहेको र कक्षा १२ का विद्यार्थीहरू अन्तिम तयारीमा जुटेका बेला यो कार्य थप संवेदनशील बन्ने उल्लेख गर्दै अभिभावक, सरकार र शिक्षकहरूको लगानीको मूल्याङ्कन परीक्षाबाटै हुने स्पष्ट पारेको छ ।

अन्त्यमा, बोर्डले सम्पूर्ण परीक्षार्थीहरूलाई संयमता, निरन्तरता र आत्मविश्वासका साथ तयारीमा लाग्न पनि सुझाव दिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ६ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि