२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

शिक्षक समुदायलाई परीक्षा बोर्डको अपिल-कक्षा १० परीक्षण र कक्षा १२ व्यवस्थापनमा सहयोग गरौं


४ बैशाख २०८२, बिहिबार  

15
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न कक्षा १० को उत्तरपुस्तिका परीक्षण र आगामी कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न शिक्षक समुदायलाई सक्रिय साथ दिन आग्रह गरेको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले हस्ताक्षर गरेको सूचनामा शिक्षकमाथिको पेसागत जिम्मेवारीलाई स्मरण गराउँदै बोर्डले परीक्षा प्रक्रियामा कुनै अवरोध नआओस् भन्ने अपेक्षा राखेको उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, “विद्यार्थीको गुणस्तरीय शिक्षा, अवसर र भविष्यको मूल्याङ्कन यिनै परीक्षाबाट हुने भएकाले उत्तरपुस्तिका परीक्षण र परीक्षा व्यवस्थापन शिक्षकहरूको पेसागत जिम्मेवारीको अभिन्न हिस्सा हो।”

हाल शिक्षकहरू शिक्षा विधेयक पारितको माग गर्दै आन्दोलनरत छन्। तर बोर्डले परीक्षालाई विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील विषयका रूपमा लिँदै यसमा बाधा नपुर्‍याई साथ दिन अनुरोध गरेको हो ।

बोर्डले कक्षा १० का विद्यार्थीहरू नतिजाको पर्खाइमा रहेको र कक्षा १२ का विद्यार्थीहरू अन्तिम तयारीमा जुटेका बेला यो कार्य थप संवेदनशील बन्ने उल्लेख गर्दै अभिभावक, सरकार र शिक्षकहरूको लगानीको मूल्याङ्कन परीक्षाबाटै हुने स्पष्ट पारेको छ ।

अन्त्यमा, बोर्डले सम्पूर्ण परीक्षार्थीहरूलाई संयमता, निरन्तरता र आत्मविश्वासका साथ तयारीमा लाग्न पनि सुझाव दिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ६ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ