११ जेष्ठ २०८३, सोमबार । May 26, 2026

शान्ति नमुना माविमा शैक्षिक हडतालको प्रभाव: सम्पूर्ण कार्यक्रम स्थगित


२ बैशाख २०८२, मंगलबार  

48
Shares

रुपन्देही । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शैक्षिक हडतालको प्रभाव तिलोत्तमा नगरपालिकाको श्री शान्ति नमुना माध्यमिक विद्यालयमा पनि देखिएको छ। विद्यालयले शैक्षिक गतिविधि तथा विद्यार्थी भर्ना कार्यक्रम अनिश्चितकालका लागि स्थगन गरेको जनाएको छ।

प्रधानाध्यापक कुल प्रसाद लामिछानेद्वारा जारी सूचनामा उल्लेख छ, “नेपाल शिक्षक महासंघको माग अनुसार विगतका सम्झौता कार्यान्वयन र नयाँ शिक्षा ऐन लागू गर्न दबाबस्वरूप जारी हडतालका कारण विद्यालय सञ्चालन असम्भव भएकाले सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ।”

विद्यालयले विद्यार्थी तथा अभिभावकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै शैक्षिक हडताल समाप्त भएपछि मात्र नयाँ भर्ना प्रक्रिया र अन्य कार्यक्रम पुनः सञ्चालन हुने जानकारी दिएको छ।

विद्यालय प्रशासनले सबैलाई संयमता अपनाई साथ दिन पनि अनुरोध गरेको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  २ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली