२ कार्तिक २०८३, सोमबार । October 20, 2026

शिक्षक आन्दोलन तीव्र

कक्षा १२ को परीक्षा बहिष्कार र शैक्षिक गतिविधि पनि बहिष्कार गर्ने


२ बैशाख २०८२, मंगलबार  

9
Shares

काठमाडौं । काठमाडौंमा जारी शैक्षिक आन्दोलन चर्किंदै जाँदा, आन्दोलनरत शिक्षकहरूले अब कक्षा १२ को परीक्षामा समेत सहभागी नहुने घोषणा गरेका छन्।

नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षासँग सम्बन्धित सबै जिम्मेवारी—जस्तै केन्द्राध्यक्ष, निरीक्षक लगायतका भूमिका-बहिष्कार गर्न सम्पूर्ण शिक्षक, प्रधानाध्यापक तथा शैक्षिक कर्मचारीलाई निर्देशन दिएको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा उत्तरपुस्तिका मूल्यांकन, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायत कुनै पनि शैक्षिक क्रियाकलापमा सहभागी नहुन शिक्षकहरूलाई अपिल गरिएको छ।

त्यस्तै, आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले देशभरका विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने र काठमाडौंमा भइरहेको सडक आन्दोलनमा अनिवार्य सहभागिता जनाउन आग्रह गरिएको छ।

हालसम्म आन्दोलन १४ दिन नाघिसकेको छ। चैत २० गतेदेखि सुरु भएको यो आन्दोलनले चैत २५ बाट पूर्ण शैक्षिक हड्तालको रूप लिएको हो। आन्दोलनरत शिक्षकहरू २०७५, २०७८ र २०८० मा सरकारले गरेको सहमति कार्यान्वयनसहित १८ बुँदे माग अघि सार्दै तीव्र दबाब दिइरहेका छन्।

एसईई परीक्षा दिएर बसेका ५ लाखभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका मूल्यांकन अझै सुरु हुन सकेको छैन। राष्ट्रिय परीक्षा बोर्डले असार पहिलो साता नतिजा प्रकाशित गर्ने योजना बनाएको भए पनि हालको परिस्थितिमा त्यो कार्यान्वयन असम्भवजस्तै देखिएको छ।

शिक्षक आन्दोलनको यस गम्भीर मोडले समग्र शैक्षिक प्रणालीमा गहिरो प्रभाव पार्ने देखिएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि