२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

शिक्षक आन्दोलन तीव्र

कक्षा १२ को परीक्षा बहिष्कार र शैक्षिक गतिविधि पनि बहिष्कार गर्ने


२ बैशाख २०८२, मंगलबार  

9
Shares

काठमाडौं । काठमाडौंमा जारी शैक्षिक आन्दोलन चर्किंदै जाँदा, आन्दोलनरत शिक्षकहरूले अब कक्षा १२ को परीक्षामा समेत सहभागी नहुने घोषणा गरेका छन्।

नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षासँग सम्बन्धित सबै जिम्मेवारी—जस्तै केन्द्राध्यक्ष, निरीक्षक लगायतका भूमिका-बहिष्कार गर्न सम्पूर्ण शिक्षक, प्रधानाध्यापक तथा शैक्षिक कर्मचारीलाई निर्देशन दिएको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा उत्तरपुस्तिका मूल्यांकन, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायत कुनै पनि शैक्षिक क्रियाकलापमा सहभागी नहुन शिक्षकहरूलाई अपिल गरिएको छ।

त्यस्तै, आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले देशभरका विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने र काठमाडौंमा भइरहेको सडक आन्दोलनमा अनिवार्य सहभागिता जनाउन आग्रह गरिएको छ।

हालसम्म आन्दोलन १४ दिन नाघिसकेको छ। चैत २० गतेदेखि सुरु भएको यो आन्दोलनले चैत २५ बाट पूर्ण शैक्षिक हड्तालको रूप लिएको हो। आन्दोलनरत शिक्षकहरू २०७५, २०७८ र २०८० मा सरकारले गरेको सहमति कार्यान्वयनसहित १८ बुँदे माग अघि सार्दै तीव्र दबाब दिइरहेका छन्।

एसईई परीक्षा दिएर बसेका ५ लाखभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका मूल्यांकन अझै सुरु हुन सकेको छैन। राष्ट्रिय परीक्षा बोर्डले असार पहिलो साता नतिजा प्रकाशित गर्ने योजना बनाएको भए पनि हालको परिस्थितिमा त्यो कार्यान्वयन असम्भवजस्तै देखिएको छ।

शिक्षक आन्दोलनको यस गम्भीर मोडले समग्र शैक्षिक प्रणालीमा गहिरो प्रभाव पार्ने देखिएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ