१ मंसिर २०८२, आइतबार । November 17, 2025

शिक्षक आन्दोलनको प्रभाव

कालिका मानवज्ञान माविको सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित



बुटवल । नेपाल शिक्षक महासंघको अगुवाइमा देशव्यापी रूपमा जारी शिक्षक–कर्मचारी आन्दोलनको प्रभाव बुटवलमा पनि देखिन थालेको छ। रुपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालयले आन्दोलनका कारण सम्पूर्ण शैक्षिक गतिविधि अनिश्चितकालका लागि स्थगन गरेको घोषणा गरेको छ।

विद्यालय प्रशासनले एक सूचना जारी गर्दै हालको प्रतिकूल परिस्थितिमा पठनपाठन सञ्चालन असम्भव भएको बताएको छ। सूचना अनुसार, पूर्वनिर्धारित भर्ना कार्यक्रमसमेत अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।

प्रधानाध्यापक दिनेश थापाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “शिक्षक–कर्मचारी आन्दोलनले सिर्जना गरेको जटिल परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगन गरिएको हो।”

यता, आन्दोलन थप सशक्त बनाउन नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक–कर्मचारीलाई पूर्णरूपमा सहभागी हुन आह्वान गरेका छन्। उनले बाँकी रहेका सबैलाई आन्दोलनमा अनिवार्य सहभागिताको आग्रह गर्दै निषेध गरिएका गतिविधिमा संलग्न नहुन चेतावनीसमेत दिएका छन्।

सुवेदीले सरकारसँग माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन्। महासंघले निरीक्षणका लागि जिल्लामा गोप्य टोली समेत परिचालन गरिसकेको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई