७ बैशाख २०८२, आइतबार । April 21, 2025

त्रिवि उपकुलपतिमा प्रा. डा. खड्ग केसीलाई अस्थायी जिम्मेवारी



काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति पदमा शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई कार्यवाहक उपकुलपतिका रूपमा नियुक्त गरेका छन्।

डा. केसीले बढीमा तीन महिनासम्म उक्त जिम्मेवारी सम्हाल्नेछन्। त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपतिको स्थायी नियुक्ति नभएसम्मका लागि अस्थायी रुपमा उपकुलपतिका रूपमा काम गर्न प्रधानमन्त्री ओलीले चैत ३१ गते निर्णय गरेका थिए।

यसअघि त्रिविका उपकुलपति रहेका प्रा. डा. केशरजङ्ग बरालले राजीनामा दिएका थिए, जसलाई चैत २८ गते स्वीकृत गरिएको थियो। नयाँ नियुक्तिसम्म विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक कार्यहरूलाई निरन्तरता दिन प्रा. डा. खड्ग केसीलाई जिम्मेवारी दिइएको हो।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक