काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करणमा देशभरका सय जना विद्यार्थीले अन्तिम प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका छन्। यो प्रतियोगिता फागुन १६ देखि १८ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ, जहाँ अर्थशास्त्र, वित्तीय साक्षरता र व्यवसायिक चिन्तनका क्षेत्रमा उनीहरूले आफ्नो दक्षता प्रमाणित गर्नेछन्। यस वर्षको ओलम्पियाडका लागि प्रारम्भिक चरणमा कुल १ हजार ७२४ विद्यार्थीले आवेदन…