२ असार २०८३, मंगलबार । June 16, 2026

कर्णाली प्रदेशमा पाठ्यपुस्तकको आपूर्तिमा ढिलाइ, विद्यार्थीको हातमा पुस्तक नपुग्ने चिन्ता

सुर्खेत। कर्णाली प्रदेशका दश जिल्लामा आगामी शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यार्थीहरूको हातमा पुग्ने सम्भावना घटेको छ। जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताब समयमै खरिद नगर्दा पाठ्यपुस्तक वितरणमा ढिलाइ हुने देखिएको हो। कुल २५ हजार सेट पाठ्यपुस्तकमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन्। जनक शिक्षाले समयमै किताब छापेर गोदाममा राखेका भएपनि बिक्रेताहरूको…