काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा भएको विशेष कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समय बिताएकाहरूले प्रि–स्कुलको महत्व र मन्टेश्वरी शिक्षण पद्धतिका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा तारकेश्वर नगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष घनश्याम श्रेष्ठले पैँयाटार जस्तो नयाँ वस्ती…