७ बैशाख २०८२, आइतबार । April 20, 2025

यू–१९ विश्वकप छनोटः नेपालले युएईलाई जितका लागि २ सय १ रनको लक्ष्य दियो



काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपालले युएईविरुद्ध २०१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

मुलपानी क्रिकेट मैदानमा वर्षाका कारण ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनायो। नेपाली युवा टोलीका लागि कप्तान नरेन भट्टले उत्कृष्ट अर्धशतकीय इनिङ खेले। उनले ७५ बलमा ६७ रनको योगदान दिए।

नरेनसँगै दिलसाद अलीले ३४ रन बनाए भने साहिल पटेलले ३२ रन जोडे। अन्य ब्याटरहरूबाट अपेक्षाकृत ठुलो योगदान नआए पनि नेपालले सम्मानजनक योगफल तयार गर्न सफल भयो। युएईका लागि उदिस सुरीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। उनको बलिङले नेपाललाई दबाबमा राख्न भूमिका खेले पनि कप्तान नरेनको संयमित प्रदर्शनले टोलीलाई दोहोरो शतक पार गरायो।

अब युएईलाई जित्नका लागि २०१ रनको लक्ष्य छ, जसका लागि नेपाली बलरहरूले प्रारम्भदेखि नै आक्रामक प्रदर्शन गर्नुपर्नेछ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ३ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक