२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सुनको उकालो यात्रा जारी : आइतबार नेपाली बजारले नयाँ रेकर्ड छोयो


३० चैत्र २०८१, आइतबार  

297
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्दै नयाँ कीर्तिमानमा पुगेको छ।

आइतबारको कारोबारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८६ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। यो मूल्य अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा १ हजार रुपैयाँले वृद्धि भएको हो। शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो।

स्थानीय बजारमा मूल्य बढ्नुको प्रमुख कारण भनेको अन्तर्राष्ट्रिय बजारमै सुनको दरमा भइरहेको लगातारको वृद्धि हो। त्यही अन्तर्राष्ट्रिय प्रभावले नेपाली बजारलाई समेत छोएको महासंघले जनाएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ रहेको चाँदी आइतबार बढेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।

विशेषगरी विश्व बजारमा महँगी, भूराजनीतिक अस्थिरता र लगानीकर्ताको सुरक्षित विकल्पप्रतिको झुकावले सुनको माग बढ्दै गएको देखिन्छ, जसको असर नेपाली बजारमा पनि प्रत्यक्ष परेको हो।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ