४ आश्विन २०८३, आइतबार । September 20, 2026

आदेश नभएसम्म प्रहरीको राजीनामा स्वीकृत नहुने


३० चैत्र २०८१, आइतबार  

177
Shares

काठमाडौँ । पछिल्लो समय देशभर विशेषगरी काठमाडौंमा भइरहेका विभिन्न आन्दोलन र प्रदर्शनहरूलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले आफ्ना मातहतका कार्यालयहरूलाई प्रहरी कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ।

प्रधान कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सम्पूर्ण प्रदेश प्रहरी कार्यालयहरूलाई यसबारे औपचारिक निर्देशन पठाइएको हो।

निर्देशन अनुसार अर्को आदेश जारी नभएसम्म कुनै पनि प्रहरी कर्मचारीको राजीनामा स्वीकृत हुने छैन।

हाल राजधानी केन्द्रित आन्दोलनहरू, जसमध्ये शिक्षक, आवासीय चिकित्सक लगायत विभिन्न संघसंस्था तथा समूहको सक्रिय सहभागिता रहेको छ, ती सबैको प्रभाव सुरक्षाकर्मीहरूको भूमिकामा समेत परेको देखिन्छ। यही सन्दर्भमा प्रहरी संगठनलाई थप सशक्त र स्थिर बनाउन यो निर्णय लिइएको जनाइएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली