१ मंसिर २०८२, आइतबार । November 17, 2025

आदेश नभएसम्म प्रहरीको राजीनामा स्वीकृत नहुने



काठमाडौँ । पछिल्लो समय देशभर विशेषगरी काठमाडौंमा भइरहेका विभिन्न आन्दोलन र प्रदर्शनहरूलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले आफ्ना मातहतका कार्यालयहरूलाई प्रहरी कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ।

प्रधान कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सम्पूर्ण प्रदेश प्रहरी कार्यालयहरूलाई यसबारे औपचारिक निर्देशन पठाइएको हो।

निर्देशन अनुसार अर्को आदेश जारी नभएसम्म कुनै पनि प्रहरी कर्मचारीको राजीनामा स्वीकृत हुने छैन।

हाल राजधानी केन्द्रित आन्दोलनहरू, जसमध्ये शिक्षक, आवासीय चिकित्सक लगायत विभिन्न संघसंस्था तथा समूहको सक्रिय सहभागिता रहेको छ, ती सबैको प्रभाव सुरक्षाकर्मीहरूको भूमिकामा समेत परेको देखिन्छ। यही सन्दर्भमा प्रहरी संगठनलाई थप सशक्त र स्थिर बनाउन यो निर्णय लिइएको जनाइएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई