१ पुस २०८२, मंगलबार । December 17, 2025

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो मात्रामा अवैध शालिग्राम शिला बरामद गरेको छ। इलाका प्रहरी कार्यालय छुसाङले ३४ वटा सेतो बोरामा प्याक गरिएको ८९४ केजी शालिग्राम नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमिबाट जोमसोम जाँदै गरेको ग ३ च ८१५२ नम्बरको बोलेरो जीपलाई शंका लागी जाँच गर्दा उक्त शालिग्राम…