९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

सरकारकोे नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने



काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रतिनिधि सभामा प्रस्तुत हुने पक्का भएको छ।

सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग बुधबार सम्पन्न छलफलपछि उक्त मिति तय गरिएको हो। एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार यसपालिको तयारी विधि अघिल्ला वर्षहरुभन्दा केही फरक छ। उनका अनुसार यसपटक पहिला नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरी पारित गरिनेछ, अनि त्यसको आधारमा बजेटका प्राथमिकता तय गरिनेछ।

“पहिले बजेटको प्राथमिकतामा छलफलपछि नीति तथा कार्यक्रम ल्याइन्थ्यो, अहिले उल्टो प्रक्रियाबाट अघि बढ्ने तयारी हो,” बर्तौलाले स्पष्ट पारे। यसैबीच, बजेट अधिवेशन वैशाख १२ गतेदेखि सुरु हुने जनाइएको छ।

सरकारको नीति, योजना र आर्थिक दृष्टिकोणबारे बहस हुने यो अधिवेशनमा महत्वपूर्ण विषयहरू उठ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी