२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

कश्मिर आतङ्कवादी आक्रमणमा बुटवलका सुदीप न्यौपानेको ज्यान गयो


१० बैशाख २०८२, बुधबार  

495
Shares

बुटवल । भारतको जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा एक नेपाली युवाको दर्दनाक मृत्यु भएको पुष्टि भएको छ। २७ वर्षीय सुदीप न्यौपाने, बुटवल उपमहानगरपालिका वडा नम्बर १४ निवासी, सो आक्रमणमा ज्यान गुमाउने नेपाली हुन्।

वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार, उनीहरू नातामा काका–भतिज हुन्। वडाध्यक्षले दिएको जानकारीअनुसार, मंगलबार जब सुदीप अन्य परिवारजनसँग कश्मिर घुम्न गएका थिए, बाटोमा हिँड्दाहिँड्दै एक बन्दुकधारी समूहले “धार्मिक पहिचान” सोधेर सुदीपमाथि एकाएक गोली चलाएका थिए।

सुदीप, आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मिर गएका थिए। उनी धरानमा सार्वजनिक स्वास्थ्य (पब्लिक हेल्थ) अध्ययनरत विद्यार्थी थिए र हाल आमा र अन्य परिवारसँग बुटवल ११, कालिकानगरमा बस्दै आएका थिए।

यो घटनाले बुटवल लगायत सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको छ। बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले पनि सुदीपकै मृत्यु भएको पुष्टि गरेका छन् भने उहाँसँगै गएका अन्य परिवारजन सकुशल रहेको जानकारी वडाध्यक्ष न्यौपानेले दिएका छन्।

सुदीपको पार्थिव शरीर कश्मिरबाट दिल्ली, त्यसपछि काठमाडौं हुँदै बुधबार नेपाल ल्याइने तयारी भइरहेको छ। वडाध्यक्ष न्यौपाने अहिले सोही समन्वयको लागि काठमाडौं जाँदै छन्।

यो घटनाले विदेश घुम्न गएका एक युवाको जीवन यति क्रूर ढंगले अन्त्य हुनु केवल परिवारका लागि मात्र होइन, समग्र समाजका लागि गहिरो शोक र पीडाको विषय बनेको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध