४ आश्विन २०८३, आइतबार । September 20, 2026

तीनकुने घटनाः थप १३ जनालाई प्रहरीले छाड्यो

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनसँग सम्बन्धित घटनामा संलग्न भन्दै पक्राउ परेकामध्ये थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ। यसअघि नै ८ जना रिहा भइसकेका थिए, जससँगै रिहा हुनेको संख्या २१ पुगेको छ। जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंले जनाएको अनुसार हिरासतमा राखिराख्नुपर्ने अवस्था नरहेकाले उनीहरूलाई हाजिरी जमानीमा छाडिएको हो। बयान प्रक्रिया पूरा भएपछि अनुसन्धान…