३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

पहलगाम आतंकवादी हमलाः एक नेपालीसहित २६ जनाको मृत्यु


१० बैशाख २०८२, बुधबार  

30
Shares

एजेन्सी। भारतको जम्मु–कश्मीरस्थित पहलगाम क्षेत्रमा भएको आतंकी हमलामा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगामको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले अचानक हमला गर्दा नेपाली नागरिक सन्दीप न्यौपानेको ज्यान गएको पुष्टि भएको छ। यद्यपि, न्यौपानेबारे थप विवरण सार्वजनिक गरिएको छैन।

हालसम्म प्राप्त जानकारीअनुसार मृतकमध्ये दुई जना विदेशी नागरिक, एक जना भारतीय नौसेना जवान र दुई जना स्थानीय बासिन्दा रहेको खुलेको छ। घटनास्थलमा सुरक्षाकर्मीहरूको परिचालन बढाइएको छ र अनुसन्धान जारी छ।

यस आतंकी हमलाले फेरि एकपटक भारतको सुरक्षास्थितिलाई लिएर गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ९ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली