८ कार्तिक २०८३, आइतबार । October 25, 2026

सेयर बजारमा पहिरो झर्नेक्रम जारी ! ३२ अंकले घट्यो नेप्से


१० बैशाख २०८२, बुधबार  

30
Shares

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी रह्यो।

सेयर कारोबारको सूचक नेप्से परिसूचक ३२.३८ अंकले घट्दै २६५५.९४ विन्दुमा ओर्लिएको छ, जुन १.२० प्रतिशतको गिरावट हो। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको बजार आज पनि ओरालो लागेको हो। आजको कारोबारमा २८ कम्पनीको सेयर मूल्यमा वृद्धि भए पनि, २१७ कम्पनीको मूल्यमा गिरावट आयो। एक कम्पनीको मूल्य स्थिर रह्यो।

बजारमा आज ६४ हजार १४० पटकको किनबेच हुँदै ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर खरिदबिक्री भएको एन्फा स्रोतले जनाएको छ। सबै उपसमूहमा गिरावट देखिएको छ। निर्जीवन बीमा समूह १२३.३२ अंक, विकास बैंक १०५.०३ अंक, होटल तथा पर्यटन ७३.११ अंक, र जलविद्युत् ६२.२१ अंकले घटेका छन्। यद्यपि केही कम्पनीका लगानीकर्ताहरूले लाभ लिन सकेका छन्।

नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, राधी विद्युत्, बिन्द्यावासिनी हाइड्रो, र सिटिजन्स सुपर ३० म्युचुअल फन्ड का सेयर मूल्यमा सुधार देखियो। तर, अर्कोतर्फ कर्पोरेट विकास बैंक, मकर जितुमाया सुरी हाइड्रो, सानीमा माई हाइड्रो, सिन्धु विकास बैंक, र सुपर मादि हाइड्रोका लगानीकर्ताहरूको सम्पत्तिमा गिरावट आएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि