४ असार २०८३, बिहिबार । June 18, 2026

तीनकुने घटनाः थप १३ जनालाई प्रहरीले छाड्यो


१० बैशाख २०८२, बुधबार  

66
Shares

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनसँग सम्बन्धित घटनामा संलग्न भन्दै पक्राउ परेकामध्ये थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ।

यसअघि नै ८ जना रिहा भइसकेका थिए, जससँगै रिहा हुनेको संख्या २१ पुगेको छ। जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंले जनाएको अनुसार हिरासतमा राखिराख्नुपर्ने अवस्था नरहेकाले उनीहरूलाई हाजिरी जमानीमा छाडिएको हो। बयान प्रक्रिया पूरा भएपछि अनुसन्धान भने जारी रहने प्रहरी अधिकारीले बताएका छन्।

तर, उनीहरू विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुने तयारी भइरहेको छ। प्रहरीका अनुसार उनीहरूलाई अदालतमा उपस्थित हुने सर्तमा छाडिएको हो। प्रदर्शनका क्रममा भाटभटेनी अगाडि तोडफोड हुँदा भुईंमा खसेका स्याउ र सुन्तला टिप्नेहरू पनि यसै सूचीमा परेका थिए। प्रहरीले हालसम्म यो घटनासँग जोडिएर ८५ जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये २१ जना रिहा भएका छन् भने ६४ जना अझै हिरासतमा छन्।

प्रहरीले सबैलाई आपराधिक उपद्रव अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा