मकवानपुर । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं जाने प्रमुख मार्गको ठिंगन–बगुवा सडकखण्डमा आगामी १५ दिनसम्म दैनिक ६ घण्टा सवारी आवागमन बन्द रहने भएको छ। चट्टान कटानको कामका लागि यस सडक खण्डमा पूर्ण रूपमा ६ घण्टा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनामा भनिएको छ कि २०७९–८० को सडक चौडाइ विस्तार…