४ आश्विन २०८३, आइतबार । September 20, 2026

स्पट फिक्सिङ प्रकरणमा प्रतिबन्धित आदिल आलमको प्रतिबन्ध हट्यो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा प्रतिबन्ध लगाइएका क्रिकेट खेलाडी मोहमद आदिल आलममाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। २०७९ मंसिरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको नेपाल टी–२० लिगको दौरानमा आलममाथि स्पट फिक्सिङको आरोप लागेको थियो। त्यसयता उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि क्रिकेट प्रतियोगितामा सहभागी हुन नदिने गरी प्रतिबन्ध लगाइएको थियो।…