काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा खसेको पहिरो र बाढीका कारण आज मात्रै छवटा प्रमुख सडक अवरुद्ध भएका छन्। यसले देशभर यातायात व्यवस्था अस्तव्यस्त बनाएको छ। नेपाल प्रहरीका अनुसार पहिरो र बाढीका कारण मुलुकका विभिन्न राजमार्गका खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ। कहाँ–कहाँ छन् अवरोध? ललितपुर: बागमती गाउँपालिका–३ स्थित छपेलीमा पहिरो खसेर कान्ति लोकपथ…