२३ असार २०८२, सोमबार । July 8, 2025

एमबाप्पेको निर्णायक गोलसँगै रियल मड्रिड क्लब विश्वकप सेमिफाइनलमा



एजेन्सी । स्पेनिस जायन्ट रियल मड्रिडले फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

सोमबार राति सम्पन्न खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै रियलले अन्तिम चारमा प्रवेश गरेको हो। रियल मड्रिडले खेलको सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गर्‍यो। १०औं मिनेटमा गोंजालो गार्सियाले गोल गर्दै सुरुआती अग्रता दिलाए भने, २०औं मिनेटमा फ्रान गार्सियाले थप गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–० को अवस्थामा पुगेको रियल मड्रिड सहज जिततर्फ अघि बढिरहेको देखिएको थियो। दोस्रो हाफको इन्जुरी समय प्रवेश गर्नेबित्तिकै खेलमा नयाँ मोड आयो। इन्जुरी समयको दोस्रो मिनेटमा डर्टमुन्डका मेक्सिमिलियन बेइयरले गोल गर्दै अन्तर घटाए। तर त्यसको दुई मिनेटमै रियलका सुपरस्टार किलियन एमबाप्पेले उत्कृष्ट गोल गर्दै टिमको अग्रता फेरि फराकिलो बनाए।

इन्जुरी समयको पाँचौं मिनेटमा रियलका डेयान हुयिसेनले रातो कार्ड पाउँदै मैदान छाडेपछि रियल १० खेलाडीमा सीमित रह्यो। त्यसको तीन मिनेटपछि सर्हो गुइरासीले पेनाल्टीमार्फत डर्टमुन्डका लागि दोस्रो गोल फर्काए तर समय अभावले खेल बराबरीमा पुग्न सकेन।

अब सेमिफाइनलमा रियल मड्रिडको प्रतिद्वन्द्वी फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) हुनेछ। दुई युरोपेली दिग्गजबीचको यो भिडन्त क्लब विश्वकपको सबैभन्दा बहुप्रतीक्षित खेलमध्ये एक बन्ने निश्चित छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले