एजेन्सी । इंग्लिस प्रिमियर लिगको दिग्गज क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। शनिबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा ब्राजिलियन क्लब पाल्मेइरासलाई २–१ को रोमाञ्चक नतिजासहित हराउँदै चेल्सी अन्तिम चारमा पुगेको हो। खेलको सुरुआती चरणमै चेल्सीले आक्रामक रणनीति अपनायो। १६औं मिनेटमा कोल पाल्मरले गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफ चेल्सीको…