२३ असार २०८२, सोमबार । July 8, 2025

यू-१६ इस्ट जोन कप: उपाधि जित्न नेपाललाई ११४ रनको लक्ष्य



काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि भइरहेको फाइनल खेलमा नेपालले सिंगापुरलाई न्यून लक्ष्यमा रोक्न सफल भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा जम्मा ११३ रनमै अलआउट भएको हो । अब नेपाललाई उपाधि जित्न ११४ रन मात्र आवश्यक छ । सिंगापुरका लागि सबैभन्दा धेरै रन रोहन अस्टिनले बनाएका हुन् । उनले निकै धीमी तर टिकाउ पारी खेले– करिब ९० बल खेल्दै २३ रन जोडे । रिहान नाइकले १५ रनको योगदान दिए ।

नेपालका लागि बलिङतर्फ अभय यादव चम्किए । उनले १० ओभरमा ३४ रन खर्चिँदै ३ विकेट लिए । सुशिल बहादुर रावलले पनि ३ विकेट हात पारे । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए । नेपाल यस प्रतियोगितामा हालसम्म अपराजित रहँदै आएको छ । समूह चरणमा सिंगापुरलाई हराएको नेपालले सेमिफाइनलमा मलेसियालाई पराजित गरेको थियो । सिंगापुर भने नेपालसँग हार व्यहोरेपछि बाँकी सबै खेल जित्दै फाइनल पुगेको हो ।

आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता नेपाल यो संस्करणमा पनि अपराजित यात्रा कायम राख्दै उपाधि रक्षा गर्ने रणनीतिमा छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले