४ श्रावण २०८३, सोमबार । July 20, 2026

यु–१६ इस्ट जोन कप: रौनक उत्कृष्ट खेलाडी, विपिन उत्कृष्ट बलर


२१ असार २०८२, शनिबार  

150
Shares

काठमाडौं । मलेसियाको युकेएम वाइएसटी ओभलमा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले शानदार प्रदर्शन गर्दै न केवल उपाधि जित्यो, तर व्यक्तिगत विधातर्फका सम्पूर्ण पुरस्कार समेत आफ्नै पोल्टामा पार्न सफल भयो।

फाइनल खेलमा सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जित्दा खेलको प्लेयर अफ द म्याच अभय यादव बने। उनले खेलको २९ औँ ओभरको अन्तिम बलमा सानदार छक्का हिर्काउँदै टिमलाई जित दिलाएका थिए। साथै, उनले बलिङमा पनि योगदान दिंदै ३ विकेट लिएका थिए।

समग्र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) को उपाधि रौनक श्रीवास्तवले प्राप्त गरे। उनले एक शतक र एक अर्धशतकसहित कुल २९६ रन बनाएका छन्। इन्डोनेसियाविरुद्ध ८८ रनको पारी खेलेका रौनकले भुटानविरुद्ध १६८ रनको ऐतिहासिक पारी खेलेका थिए, जुन नेपाली यू–१६ टोलीका लागि अहिलेसम्मकै सर्वाधिक व्यक्तिगत स्कोर हो। यिनै प्रदर्शनका आधारमा रौनकलाई उत्कृष्ट ब्याटर पनि घोषित गरिएको हो।

त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट बलरको उपाधि नेपालका कप्तान विपिन प्रसाद शर्माले जिते। उनले प्रतियोगिताका ६ खेलमा कुल १७ विकेट लिँदै टिमको सफलतामा महत्वपूर्ण भूमिका खेले।

नेपालका अन्य खेलाडीहरुले पनि प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई अपराजित यात्रामा पुर्‍याए। व्यक्तिगत तथा सामूहिक दुवै तवरले नेपालले दिएको यो सन्देश भविष्यका लागि निकै आशाजनक देखिएको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर