१ आश्विन २०८३, बिहिबार । September 18, 2026

फिफा क्लब विश्वकप: पाल्मेइरासलाई हराउँदै चेल्सी सेमिफाइनलमा


२१ असार २०८२, शनिबार  

156
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिगको दिग्गज क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।

शनिबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा ब्राजिलियन क्लब पाल्मेइरासलाई २–१ को रोमाञ्चक नतिजासहित हराउँदै चेल्सी अन्तिम चारमा पुगेको हो। खेलको सुरुआती चरणमै चेल्सीले आक्रामक रणनीति अपनायो। १६औं मिनेटमा कोल पाल्मरले गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफ चेल्सीको पकडमा रह्यो।

तर दोस्रो हाफको ५३औं मिनेटमा पाल्मेइरासका एस्तिभाओले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। खेल निर्धारित समयमा बराबरीमै टुंगिने संकेत दिइरहँदा, ८३औं मिनेटमा पाल्मेइरासका वेभर्टनले आत्मघाती गोल गरेपछि चेल्सीले फेरि अग्रता कायम गर्‍यो। त्यसपछिका प्रयासहरूबाट थप गोल हुन नसक्दा चेल्सीले २–१ को जीत हात पार्‍यो।

अब सेमिफाइनलमा चेल्सीको भिडन्त ब्राजिलियन क्लब फ्लुमिनेससँग हुने निश्चित भएको छ। खेल उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ