३ आश्विन २०८३, शनिबार । September 19, 2026

यू-१६ इस्ट जोन कपको उपाधिसहित नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि हात पारेर नेपाली क्रिकेट टोली आइतबार साँझ स्वदेश फर्किएको छ। विजयी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, यू-१९ टोलीका प्रशिक्षक शक्ति गौचन लगायतले स्वागत गरे। शनिबार सम्पन्न फाइनल खेलमा सिंगापुरमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै नेपालले उपाधि उचालेको थियो। प्रतियोगिताभर अपराजित रहँदै…