काठमाडौं । हाल नेपालभर मनसुन सक्रिय अवस्थामा रहेको छ। मनसुनजन्य न्यून चापीय रेखा सरदर स्थान नजिकै रहेकाले अधिकांश भागमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी…