काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि चलिरहेको खेलाडी अक्सनमा रोचक प्रतिस्पर्धा देखिएको छ। अक्सनको प्रारम्भमा सन्तोष कार्कीको नाम आएको भए पनि कुनै पनि टोलीले उनलाई किन्ने चासो देखाएन। तर, दोस्रो नम्बरमा क्याटागोरी ‘ए’ का ओपनर देव खनालको नाम खुल्दा स्थिति बदलियो। लुम्बिनी लायन्सले पहिलो बोली राखेपछि चितवन राइनोजले पनि प्रतिस्पर्धामा प्रवेश गर्यो।…