१ आश्विन २०८३, बिहिबार । September 17, 2026

एनपीएल मिनि अक्सनः भरपर्दा ब्याटर देव खनाल चितवन राइनोजको भाग्यमा


२४ श्रावण २०८२, शनिबार  

27
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि चलिरहेको खेलाडी अक्सनमा रोचक प्रतिस्पर्धा देखिएको छ।

अक्सनको प्रारम्भमा सन्तोष कार्कीको नाम आएको भए पनि कुनै पनि टोलीले उनलाई किन्ने चासो देखाएन। तर, दोस्रो नम्बरमा क्याटागोरी ‘ए’ का ओपनर देव खनालको नाम खुल्दा स्थिति बदलियो। लुम्बिनी लायन्सले पहिलो बोली राखेपछि चितवन राइनोजले पनि प्रतिस्पर्धामा प्रवेश गर्‍यो। दुवै टोलीले लगातार बोली बढाउँदै अधिकतम सीमा १५ लाख रुपैयाँसम्म पुर्‍याए।

क्याटागोरी ‘ए’ खेलाडीका लागि तोकिएको सीमा १५ लाख रुपैयाँ मात्र भएकाले अन्तिम निर्णय लक्की ड्रमार्फत गर्नुपर्‍यो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले चिट्ठा तान्दा भाग्य चितवन राइनोजको पक्षमा पर्‍यो र खनाल अन्ततः चितवनको खेलाडी बने।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ