२४ बैशाख २०८३, बिहिबार । May 8, 2026

मौसम अपडेटः यी प्रदेशमा मध्यमदेखि भारी बर्षाको सम्भावना


२५ श्रावण २०८२, आइतबार  

24
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहँदा देशको मौसममा परिवर्तन देखिएको छ।

बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्यतया बदली छ भने बाँकी क्षेत्रहरूमा आंशिक बदलीको अवस्था कायम छ। बागमतीका केही स्थान र कोशी, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ। मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही ठाउँमा समेत मध्यम वर्षा मापन भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिनभर देशभर सामान्यतया बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा मधेससहितका तराई र पहाडी क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा हुने अपेक्षा गरिएको छ।

आज राति पनि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१