४ असार २०८३, बिहिबार । June 18, 2026

यू–२० महिला एसियन कप छनोट : उत्तर कोरियाविरुद्ध निर्णायक भिडन्तमा नेपाल


२५ श्रावण २०८२, आइतबार  

33
Shares

काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको अन्तिम तथा तेस्रो खेलमा नेपाल आज सबल टोली उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ।

खेल दिउँसो १:४५ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सुरु हुनेछ। उत्तर कोरिया यू–२० विश्वकप र एसियन कप दुवैमा उपाधि जितिसकेको बलियो टिम हो। यसअघि नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जीत हासिल गरेको थियो।

दोसरीतर्फ, उत्तर कोरियाले साउदी अरेबियालाई १५–० र भुटानलाई १०–० को फराकिलो अन्तरले हराएर अपराजित अग्रता बनाएको छ। नेपाल र उत्तर कोरिया यसअघि सन् २००४ मा (त्यतिबेला यू–१९ नाममा) एसियन कपमै आमनेसामने भएका थिए, जहाँ नेपाल १९–० ले पराजित भएको थियो।

प्रतियोगितामा प्रत्येक समूहको विजेता प्रत्यक्ष रूपमा एसियन कपमा प्रवेश गर्नेछ भने तीन उत्कृष्ट उपविजेता टोली पनि छनोट हुनेछन्। नेपाललाई अर्को चरणमा पुग्नका लागि आज उत्तर कोरियामाथि जित हात पार्नु अपरिहार्य छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा