काठमाडौं । तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको (LLDC) तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित उच्चपदस्थ अधिकारीहरूले प्रधानमन्त्रीलाई स्वागत गरे। सो अवसरमा नेपाली सेनाले सम्मान गारद…