१ आश्विन २०८३, बिहिबार । September 18, 2026

अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज खेल्ने टोली घोषणाः कुशल मल्लको पुनरागमन, आदिलले पाएनन् मौका

काठमाडौं । अष्ट्रेलियामा आगामी अगष्ट १४ देखि २४ सम्म हुने "टप एन्ड टी–२० सिरिज" का लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीलाई सिरिजका लागि छनोट गरिएको हो। यस अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालले अष्ट्रेलियाका विभिन्न घरेलु टोलीसँगै पाकिस्तान र बंगलादेशका ए टिमविरुद्ध प्रतिस्पर्धा गर्नेछ।…